शुक्रबार, जेठ १०, २०८२
सान्भी ज्वेलर्सले गोर्खाकपमा बांड्दैछ २० पाउण्डको भौचर


नेपाली लिङ्क
मे २३, २०२५
लन्डन– बेलायत अल्डरसटस्थित नेपाली व्यवसायीको सुनचांदी पसल सान्भी ज्वेलर्सले आसन्न गोर्खाकपमा ‘गिफ्ट भौचर’ बांड्ने घोषणा गरेको छ ।
सान्भी ज्वेलर्सका सञ्चालक पवित्र केसीले यही २५ मे, २०२५ आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुन लागेको २३ औं गोर्खाकपका अवसरमा ग्राहकलाई २० पाउण्डको भौचर दिन लागिएको जनाए ।
आफ्नो स्टलमार्फत बांडिने भौचर लिएर पसल गए हरेक गहनामा २० पाउण्ड छुट पाइने केसीले बताए । ‘यो भौचर हाम्रा प्रिय ग्राहकहरुका लागि मायाको चिनो पनि हो’, केसीले भने। सुनचांदीका गरगहना र बुलियनका लागि प्रख्यात सान्भी ज्वेलर्स अल्डरसटस्थित भिक्टोरिया रोडमा छ ।
केसीले विवाह, व्रतवन्ध, जन्मदिन, पास्नी, प्रमोशन लगायत हरेक खुशीयाली र शुभ कार्यमा आवश्यक पर्ने सुनचांदीका गरगहना बनाइने र ति १०० प्रतिशत शुद्ध हुने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५