बुधबार, जेठ ८, २०८२
15:01 | १९:४६

गोर्खाकपमा अनुग्रह ज्वेलर्सको लोभलाग्दो अफर

नेपाली लिङ्क मे २१, २०२५


लन्डन- बेलायतमा सुनचांदीका गरगहना बिक्री वितरणमा विश्वासिलो मानिएको अनुग्रह ज्वेलर्सले गोर्खाकपमा विशेष अफर दिने भएको छ ।

२५ मे, २०२५ आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुन लागेको २३ औं गोर्खा कपका अवसरमा मे ३१ तारिखसम्मकै लागि अफर दिन लागिएको हो।

अनुग्रहले गोर्खाकपस्थलमा आफ्नो बेग्लै स्टलमार्फत पनि आफ्नो सेवा र अफरहरुबारे जानकारी दिने तयारी गरेको अनुग्रहका निर्देशक सुमन राईले जनाए ।

सबै गरगहना आइटम मेकिङ चार्जमा ३५ प्रतिशतसम्म छुट, हमेला माला सित्तैमा बनाउन सकिने र थप १५ पाउण्डको भौचर समेत दिइने राईले बताए । उता, बेरुवा, बटारेको बाला र औंठी बनाउन समेत शुल्क नलाग्ने अनुग्रहले जनाएको छ ।

यस अतिरिक्त स्टलमा आउने ग्राहकहरुका लागि आकर्षक उपहार समेत प्रवन्ध गरिएको अनुग्रहले जनाएको छ ।

१० हजार बढी मानिसको जमघट हुने अपेक्षा गरिएको गोर्खा कप एउटा फुटबल प्र्रतियोगितामात्र नभएर नेपाली कला, संस्कृति झल्काउने मेला र वर्षौं भेट हुन नपाएका दौंतरीहरुको पुनर्मिलन हुने एक शुभ अवसर पनि हो ।

‘हामी यस ऐतिहासिक जमघटमा सेवाग्राहीलाई विशेष अफर दिन चाहन्छौं’, सञ्चालक सुमन राईले भने, ‘हाम्रो स्टलमा आएर आफ्नो रोजाइका गुणस्तरीय गरगहनाबारे जानकारी लिनुहोस्, हामीले तपाईहरुको लागि ल्याएको विशेष अफरबारे पनि बुझ्नुहोस् र लाभ लिनुहोस्। सुनचांदी खरिद सुन्दर भविष्यको एक आधार पनि हो ।’

बेलायतको अल्डरसट र प्लमस्टिडमा शोरुम रहेको अनुग्रह ज्वेलर्सले सुनचांदीका मौलिक नेपाली गरगहनादेखि नयाँ–नयाँ डिजाइनका आधुनिक गरगहना पनि विक्री गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू