बेलायतमा मनाइयो जानकी नवमी पर्व


लन्डन- बेलायतमा जानकी नवमी पर्व मनाइएको छ । हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको संयुक्त आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दू मन्दिरमा जानकी नवमी मनाइएको हो ।
दर्जनौं महायोग साधक तथा शुभेच्छुकहरूको उपस्थितिमा वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पूजन तथा महिमाको वर्णन गरिएको थियो।
हिमालयन सिद्ध महायोग बेलायतका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार सदगुरु महायोगी सिद्धबाबाको असिम कृपा आशीर्वाद तथा युवापुस्ताकी प्रखर वाचिका चन्द्रकला सखीको अगुवाइ एवम् उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सखिबाट सारगर्वित सत्संग तथा भजन गाइएको थियो । बेलायती जीवनको व्यस्त समय तालिकाबीच पनि कार्यक्रममा नेपाली तथा भारतीयमूलका हिन्दू भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाए ।
कार्यक्रममा आकर्षक नृत्य तथा सामूहिक भजन पनि प्रस्तुत गरिएको थियो । साधक गोपी भट्ट तथा प्रेम भट्टले आफूहरुको पचासौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा कार्यक्रम प्रायोजन गरेका थिए ।
भट्ट दम्पतिलाई धन्यवाद दिँदै हिमालयन सिद्ध महायोग यूकेका महासचिव उदय लम्सालले छोटो समयको तयारीमा कार्यक्रम सम्पन्न भएको बताए ।
कार्यक्रममा युवा तथा नयाँ पुस्ताको समेत उल्लेख्य सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५