बेलायती दूतावासले काठमाडौंमा मनायो राजा चार्ल्सको जन्मदिन


काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेन र श्रीमती जुलिया फेनले राजा चार्ल्स तृतीयको जन्मदिन मनाउन एक कार्यक्रम आयोजना गरेका छन्।
बेलायती राजाको जन्मदिनलाई बेलायतको राष्ट्रिय दिवस मनाउने दिनको रूपमा पनि चिनिन्छ ।
नेपालका उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्प्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।
बेलायतका अधिराजकुमार–अधिराजकुमारीको हालैको भ्रमणपछि आयोजित यस कार्यक्रमले नेपाल र बेलायत बीचको अद्वितीय सम्बन्धलाई फेरी एक पटक झल्काएको दूतावासले जनाएको छ ।
दुई देशका जनता–जनताको मित्रता, गोर्खालीहरूको भूमिका, व्यापार र लगानी सम्बन्ध, शैक्षिक सहकार्य र नेपालसँगको विकास साझेदारीका केही उदाहरण प्रष्ट्याउन सो कार्यक्रमले मद्दत गरेको दूतावासको विश्वास छ ।
राजदूत रब फेनले नेपाल र नेपालीले देखाएको लामो मित्रताको खुलेर प्रशंसा गर्दै यो निरन्तर बढ्दै जानेमा विश्वास ब्यक्त गरे ।
कार्यक्रममा राजदूत फेनले अगाडि भने, ‘नेपालको प्रगतिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ। लन्डनमा वित्तदाताहरूले नेपाललाई लगानीका लागि एक आकर्षक गन्तव्यको रूपमा कुरा गर्न थालेका छन्। उनीहरूसँग नेपालप्रति भावनात्मक लगाव छ, जुन हालै सम्पन्न अधिराजकुमार–अधिराजकुमारीको सानदार भ्रमणबाट पनि ताजा गराएको छ ।’
कार्यक्रममा नेपालका वरिष्ठ सरकारी अधिकारीहरू, शिक्षाविद्हरू, चिभिनिङ अन्तर्गत बेलायतमा अध्ययन गरेका पूर्व विद्यार्थी, विकास साझेदार, कूटनीतिक समुदाय र मिडियाकर्मीको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५