राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरी पक्राउ


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
यसअघि टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।
आममाफी दिएर चौधरीलाई छुटाएपछि टीकापुरमा हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले पुन: सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्। उनले आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिने गरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिन नमिल्ने जिकिर गरेकी थिइन्।
प्रहरी स्रोतका अनुसार फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको हो। चौधरीको यस अगाडिको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको प्रहरी अधिकारीको दाबी छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५