शहीद पिताको स्मृतिमा मेमोरियल पार्क र मन्दिर बनाउन लन्डन म्याराथन दौड्दै श्रेष्ठ


लन्डन । बेलायत बसोवास गर्ने एक नेपालीले आफ्नो जन्मभूमिमा मेमोरियल पार्क र मन्दिर पुननिर्माणका लागि सहयोग जुटाउन लन्डन म्याराथनमा दौड्ने तयारी गरेका छन् ।
सामाजिक अभियन्ता नगेन्द्र श्रेष्ठले तत्कालिन माओवादी विद्रोहीले आफ्ना पिता सरस्वतीकृष्ण श्रेष्ठको हत्या गरेको २५ औं पूण्यतिथीमा लन्डन म्याराथन दौडेर साविक गाविस रानीपोखरी हाल ऋषिङ गाउँपालिका – ८ तनहुँमा अवस्थित क्षतिग्रस्त मन्दिर अजम्बरीको पुनर्निर्माण साथै मेमोरियल पार्क बनाउन म्याराथन दौड्न लागेको जनाए ।
केही वर्ष अघि पहिरोले क्षतिग्रस्त मन्दिर कोष अभावका कारण अझै मर्मत गरिएको छैन् ।
बुबा शहीद सरस्वती कृष्णको जम्मस्थान र गाविस अध्यक्ष समेत रहेको साबिक गाविस रिसिङ्ग रानीपोखरी हाल वडा- ८ सेरोफेरोमा नै उनको स्मरणमा मेमोरियल पार्क बनाउने लक्ष्य लिएर श्रेष्ठले दौडमार्फत रकम संकलन गरिरहेको बताए।
श्रेष्ठले ‘गो फण्ड मी’ लिंकमा गएर सहयोग गर्न सबैमा अपिल गरेका छन् । १० हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा हालसम्म करिब ६ हजार पाउण्ड उठिसकेको छ ।
विश्व प्रतिष्ठित लन्डन म्याराथन आगामी २७ अप्रिलमा हुंदैछ जहां विश्वभरबाट धावकहरु दौड्दै छन् ।
श्रेष्ठ सन् २०१८ तिर जीममा मात्र दौड्ने गर्दथे । सन् २०२० देखि सडकतिर दौड्न थालेका उनले सन् २०२१ देखि प्रत्येक शनिबार च्यारिटी पार्क रन गर्न थाले ।
‘व्यवसायिक खेलाडी वा धावक नभएको व्यक्तिका लागि लन्डन म्याराथन ठूलो चुनौती हो तर गुड कजका लागि दौड्ने चुनौती स्वीकार गरेको छु’- श्रेष्ठले भने, ‘म २५ वर्षअघि विद्रोही माओवादीबाट आफ्नो ज्यान गुमाउनु भएका मेरा प्रिय शहीद बुबा सरस्वती कृष्ण श्रेष्ठको सम्झनामा पनि दौडिरहेको छु ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५