मंगलबार, वैशाख ९, २०८२
01:58 | ०६:४३

जीवन विज्ञान यूके पदाधिकारीले राजदूत दम्पतीसंग गरे भेट

नेपाली लिङ्क अप्रिल ४, २०२५

लन्डन–योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान यूके पदाधिकारीले बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे र धर्म पत्नी सरिता न्यौपाने घिमिरेसंग नेपाली राजदूतावास, लन्डनमा भेटघाट गरेका छन् ।

भेटघाटमा जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्का, ट्रष्टी तथा प्रशिक्षक सरिता शर्मा, ट्रष्टी तुलसी पौडेल र प्रशिक्षक खेम शर्माको उपस्थिति थियो ।

सो अवसरमा जीवन विज्ञान यूकेका गतिविधिहरूबारे जानकारी गराउनुका साथै जीवन विज्ञान यूकेले संचालन गर्दै गरेका र भविष्यमा आयोजना गरिने कार्यक्रमहरुबारे राजदूत घिमिरेलाई अवगत गराइएको थियो ।  


उक्त अवसरमा जीवन विज्ञान यूकेले २०२६ जुलाई/अगस्टमा नेपालका श्रद्धेय गुरुद्वय रमेश नेपाल र एलपी भानु शर्माको साथमा प्रत्यक्ष रुपमा सात दिनको चक्र विज्ञानको कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा समेत जानकारी गरायो । 

नवनियुक्त राजदूत घिमिरेले जीवन विज्ञान यूकेलाई धन्यवाद दिंदै चक्र विज्ञान शिविर सफलताका लागि भरपुर सहयोग रहने जानकारी गराए । 

जीवन विज्ञान यूकेले जुममार्फत दैनिक योग प्रशिक्षण साथै प्रत्यक्ष साधना शिविरहरु पनि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू