मंगलबार, चैत ४, २०८१
00:01 | ०५:४६

विश्व प्रतिष्ठित स्टेडियम बनाउंदै म्यानचेष्टर युनाइटेड

नेपाली लिङ्क मार्च ११, २०२५

फोटो: बीबीसी

लन्डन । म्यानचेस्टर युनाइटेडले बेलायतकै सबैभन्दा ठूलो र विश्व प्रतिष्ठित ‘आइकोनिक’ स्टेडियम बनाउने घोषणा गरेको छ । करिब १ लाख सिट क्षमता रहेको उक्त स्टेडियमको लागत करिब २ बिलियन पाउण्ड रहने बताइएको छ ।

यसलाई ५ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । क्लबका को-अनर सर जिम र्‍याटक्लिफले यो स्टेडियमलाई ‘विश्वकै सर्वश्रेष्ठ फुटबल स्टेडियम ‘ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘यो स्टेडियम प्रशंसक, खेलाडी र समुदायसँग जोडिएको एउटा आधुनिक स्टेडियम हुनेछ ।’

सन् १९१० देखि म्यान युनाइटेडको बिल्डिङ भएको ओल्ड ट्राफर्ड स्टेडियम पुनर्निर्माण गर्ने वा नयाँ निर्माण गर्ने भन्ने दुई वटा विकल्पमा लामो विचारविमर्श पछि नयाँ निर्माणको गर्ने तय गरिएको हो।

फोस्टर एन्ड पार्टनर्सका आर्किटेक्टले डिजाइन गरेको यस स्टेडियममा ‘छाता जस्तो’ संरचना रहेको उक्त प्लाजा ट्राफलगर स्क्वायरभन्दा पनि दोब्बर ठूलो हुनेछ ।

२०० मिटर अग्लो र २५ माइल टाढाबाट देखिने यस परियोजनाले ९२ हजार रोजगारी सृजना गर्नेछ भने १७ हजार भवन निर्माण गरिने छ । वार्षिक १.८ मिलियन पर्यटक आकर्षण गर्न सक्ने यस परियोजनाले बेलायतको अर्थतन्त्रमा ७ बिलियन बढी थपिने आशा व्यक्त गरिएको छ ।

विश्वको सबैभन्दा प्रतिष्ठित फुटबल स्टेडियमको रुपमा बनाउन लागिएको यस परियोजनाको निर्माण कार्य कहिलेबाट सुरु हुने भन्ने मिति भने तोकिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू