मोडल अमिकाले जन्मदिनमा गरिन् असहायलाई सहयोग
लन्डन । मोडल तथा सौन्दर्यविद अमिका क्षेत्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा नेपालका असहाय बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गरेकी छन् ।
नेपाल भ्रमणका क्रममा अमिकाले असहाय बालबालिका तथा वृद्धवृद्धाको पालनपोषण गरिरहेको ‘पवित्र समाज सेवा नेपाल’ लाई आर्थिक सहयोग गरेकी हुन् ।
बुढानिलकण्ठस्थित घरमै गएर अमिकाले समाजकी सञ्चालक दीक्षा चापागाईंलाई खाद्यान्न खरिदका लागि आर्थिक सहयोग गरेको बताइन् । ‘जन्मदिनमा फजुल खर्च भन्दा गरिव असहायलाई सानै भएपनि सहयोग गरे त्यो ठूलो धर्म हुन्छ भन्ने महशुस भयो’, उनले लन्डन फर्किएपछि भनिन् । दीक्षाले सहयोगका लागि अमिकाप्रति आभार व्यक्त गरेकी छन् ।
सन् २००२ जनवरीमा स्थापित पवित्र समाज सेवा नेपालले द्वन्द्वपीडित, महिला, अपाङ्गता भएका, अनाथ, घरेलु हिंसा पीडित बालबालिकालाई आश्रयसहित पालन पोषण गर्दै आएको छ । च्यारिटी कर्ममा समर्पित उक्त गैरसरकारी संस्थाले दाताहरुबाटै खर्च जोहो गर्ने गर्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५