शनिबार, मंसिर २९, २०८१
13:59 | १९:४४

लन्डनमा भव्यताका साथ देवकोटा जयन्ती

नेपाली लिङ्क नोभेम्बर १०, २०२४

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६ औं जयन्ती भव्य रुपमा मनाएको छ।

डा. रुपक श्रेष्ठको संयोजन, कुमार केसीको जूम होस्ट तथा मन्जु भण्डारीबाट संचालित उक्त कार्यक्रम प्रा. डा . हरि पौड्यालको बांसुरी धूनमा महाकविको “कुन मन्दिरमा जान्छौ यात्री” तथा शास्त्रीय धूनसहित शुरु भएको थियो।

महाकविकी नातिनी कवि मन्जिला अनिलले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै महाकविको दानशीलता, करुणा, दया र मायाले भरिएको मानवीय व्यक्तित्व उनको काव्यको पृष्ठभूमि रहेको बताइन् ।

विशेष अतिथि बिमल भौकाजीले महाकविको काव्यिक बिराट स्वरुपको सम्झना गर्दै उनको खण्डकाव्य ‘मुनामदन’ को श्रोत र लेखनबारे प्रकाश पारे।

कार्यक्रमको दोश्रो चरणमा मुक्तककार निलान्जला भारद्वाजको मुक्तक संग्रह ‘निलान्जला’ को बेलायत लोकार्पण भयो। मुक्तककार सुनिल अधिकारीले मुक्तककार भारद्वाजको मुक्तककारिताबारे प्रकाश पारे। मुक्तककार स्वयंले मुक्तक उनको सबैभन्दा प्रिय विद्या रहेको जनाउंदै आफ्ना मुक्तक सुनाइन् ।

कार्यक्रममा वियोगी बुढाथोकी, वाशु शर्मा, साबी श्रेष्ठ, दुर्गा पोखरेल, डा. संगीता स्वेच्छा, केदार संकेत, सुनिल अधिकारी, निलान्जला भारद्वाज, मन्जिला अनिल, सौरभ कारन्जित, माया गुरुंग, मन्जु भण्डारी, सारा गुरुंग, विसन थापा, कुमार केसी, प्रतिमा केसी, जीत छन्त्याल, रबिन्द्र जोशी, गंगा भण्डारी, राज श्रेष्ठ, रघु भण्डारी, दुष्यन्त भट्टराई, योगराज आचार्य, डिल्लि अम्माई, देवी बास्कोटाले रचना वाचन गरे ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति राज श्रेष्ठले सम्पूर्ण अतिथि तथा साहित्यकारहरुमा गरिमामय उपस्थितिका लागि आभार ब्यक्त गर्दै सभा समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू