सोमबार, कार्तिक १९, २०८१
17:41 | २३:२६

महिला साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै, उपाधि बंगलादेशलाई

नेपाली लिङ्क अक्टोबर ३०, २०२४

काठमाडौँ- साफ महिला च्याम्पियन बन्ने नेपालको सपना अधुरो बनेको छ । घरेलु मैदानमा हजारौं दर्शकमाझ नेपाललाई स्तब्ध पार्दै साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ।

बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशकी रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन्।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले पहिलो गोल गरेकी थिइन्। त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काइन्। तर, पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू