लन्डनमा मुलाको साग र जोगिन्दर पानवालाले देखाए गाईजात्रा


कार्यक्रममा प्रस्तुति गर्दै कलाकारद्धय सुरेन्द्र केसी ‘मुलाको साग’ (दांया) र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’
लन्डन- नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा लन्डनमा गाईजात्रा शो सम्पन्न भएको छ । साउथ इष्ट लन्डनको वुल्लीचमा आइतबार सांझ हास्यव्यंग्य र सांगीतिक प्रस्तुतिसहित गाईजात्रा शो गरिएको हो ।
वुल्लीचको ट्रामसेड थिएटरमा नेपालका चर्चित कमेडी कलाकारद्धय सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले विशेष प्रस्तुति देखाएर दर्शक हंसाएका थिए । साथमा संगीतकार एवम् गायक वसन्त सापकोटाले सांगीतिक प्रस्तुतिमार्फत मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकार अस्मिता राना र अमृता पाण्डेले आकर्षक नृत्य देखाएका थिए । त्यस्तै, बेलायतमै रहेका कलाकारहरु दीपक थापा, आर्जी खरेल र सञ्जय खड्काले गीतहरु सुनाएका थिए। कार्यक्रममा नेपालबाट आएका गायक सुरज श्रेष्ठ, स्थानीय गायक सन्तोष बिके, नृत्य कलाकार इसानी बराइलीको पनि प्रस्तुति थियो ।

सो अवसरमा प्रस्तुति गर्ने कलाकारहरुलाई ग्रीनवीच बरो मेयर जीत रानाभाटले खादा लगाएर सम्मान गरेका थिए ।
उक्त कार्यक्रम व्यवस्थापन बेलायतमै बस्दै आएका कलाकारत्रय सनमकुमार वैराग, मनिषकुमार श्रेष्ठ र विनोद चिपालुले गरेका थिए ।
गाईजात्रा कार्यक्रममा रमाउन दुई सय बढी स्थानीय नेपाली भेला भएको आयोजकले जनाएका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


