पत्रकार महासंघ केन्द्रको चुनाव थप अन्योलमा, अध्यक्षले दिए राजिनामा
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन थप अन्यौलमा परेपछि महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।
अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्वीकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ ।
पत्रकार महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने पोखरेलले अडान राख्दै आएका थिए ।
यद्धपि अन्य सदस्यहरुले भने विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गरिनुपर्ने धारणा राखेका थिए ।
नामावली सार्वजनिक गर्न नसकेपछि असोज ५ मा हुने भनिएको अधिवेशन पनि थप अन्यौलमा परेका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बताइएको छ ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५