शुक्रबार, भदौ २८, २०८१
05:39 | १०:२४

बेलायतसहित १७ देशलाई प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया शुरु

रासस अगस्ट १३, २०२४

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतसहित १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले यही साउन १४ गते चन्द्रकुमार घिमिरे (बेलायत), डा. शङ्कर शर्मा (भारत), प्रा. डा. कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), डा. शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रिता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै, सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्रा. डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सुनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई पनि सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू