शनिबार, कार्तिक १०, २०८१
15:55 | २०:४०

घरेलु हिंसा पीडितको सहयोगका लागि लण्डनमा च्यारिटी डिनर

नेपाली लिङ्क जुन १३, २०२४


लन्डन – घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको छ।

साउथ ह्यारोस्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका (१४ जुनमा) आयोजना गर्न लागिएको च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने छ।

“हाल बेलायतमा बसिरहेका नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढिरहेका छन् तर ब्रिटिश कानूनबारे जानकारी अभाव, भाषा लगायत विभिन्न कारणले पीडित पक्ष प्रहरीकहाँ जान सकिरहेका छैनन्। पीडितहरुलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न सकियोस् भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ। डिनरमा सहभागी भएर पीडितको घाउमा मल्हम लगाइ दिन हामी अनुरोध गर्दछौँ,”  द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामाङले भने।

डिनरमा चर्चित शेफ तथा गुडवील एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गर्ने छन्। उनले हालै ग्रीसको राजधानी एथेन्समा Taste Ambassador of Global Gastronomy 2024 मा गोल्ड मेडल पाएका थिए।

गोर्खा भेट्रान्स तथा उनीहरुका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू