शनिबार, साउन १२, २०८१
06:05 | १०:५०

अविरलले सगरमाथाको चुचुरोमा फहराए किराया बेलायतको झण्डा

नेपाली लिङ्क जुन ९, २०२४


लण्डन- विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकामा आरोही अविरल राईलाई किरात राई यायोक्खा बेलायतले वधाई दिएको छ ।

राईले गत २२ मे का दिन सगरमाथा आरोहण गर्दा किराया बेलायतको लोगो अंकित झण्डा चुचुरोमा फहराएका थिए ।

सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मिएका राईले आफ्नो जीवनको बाजी थापेर आरोहणको साहसिक कार्यले समग्र किरात राई जातिको शिर उच्च पारेको संस्थाको धन्यवाद पत्रमा उल्लेख छ ।

‘किरात राई वहुभाषिक र वहुथरी समुदायबोधक संज्ञा भएको एक जाति तर वहुभाषि, वहुथरी हुनु किरात राई जातिको विशिष्टता हो । यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा बोकेर विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गर्दछौं’ संस्थाले भनेको छ ।

पेशाले पर्वतीय मार्गदर्शक समेत रहेका आरोही अविरलको सगरमाथा आरोहण यो दोश्रो पटक हो । उनले यस अघि सन् २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए । साथै उनले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू