शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

बेलायतका अभियन्ता सापकोटा लण्डनमा सम्मानित

नेपाली लिङ्क जुन ९, २०२४

लन्डन- बेलायत लेस्टरका एकजना सफल व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् ।  

लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो । 

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे ।  

सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए । 

उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् । 


बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे । 

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् ।  

बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू