शनिबार, साउन १२, २०८१
05:52 | १०:३७

एनआरएनए अभियन्ता गौरीराज जोशी लण्डनमा

नेपाली लिङ्क जुन ७, २०२४


लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकालका महासचिव गौरीराज जोशी लण्डन आइपुगेका छन्।

९ दिने पारिवारिक भ्रमणमा शुक्रबार बिहान लण्डन आएका जोशीलाई हिथ्रो टर्मिनल थ्रीमा युवा अभियन्ता बीरेन खड्का, नेपाल पत्रकार महासंघ यूके महासचिव नरेन्द्र बस्नेत, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल लगायतले स्वागत गरे ।  

जोशीले बेलायतमा रहंदा केही अनौपचारिक भेटघाट गर्ने कार्यक्रम छ । उनी लिभरपुल, स्कटल्यान्डसम्म पुग्ने खड्काले बताए । 


अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। उनी सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका छन् ।  

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम र फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन् जोशी। 

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटी अध्ययन पूरा गरेर पछि व्यवसाय शुरु गरेका थिए । पछिल्लो समय उनी रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।

उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू