शनिबार, साउन १२, २०८१
11:32 | १६:१७

विनयको ‘यूके बस्ने माया’ ९ दिनमै १० लाखले हेरे (भिडियो)

नेपाली लिङ्क जुन १, २०२४

अभिनयका लागि न्यू गेटअपमा विनय

लन्डन– लन्डनस्थित युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको दोश्रो गीत ‘यूके बस्ने माया’ को म्यूजिक भिडियो चर्चित बनेको छ ।

गत बुधबार सार्वजनिक उक्त म्यूजिक भिडियो ९ दिनमै १० लाखले हेरेका हुन् ।

अधिकारीको आफ्नै युट्युब च्यानल ‘विनय अधिकारी’ मा भिडियो उपलव्ध छ ।

भर्खर लन्डन फर्किएका अधिकारीले एक मिलियन भ्यूज पुगेकामा खुशी व्यक्त गर्दै सबै दर्शक, कलाकार एवं शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

गीतमा अधिकारीको शब्द र बद्री सापकोटाको 
संगीत छ भने शान्तिश्री परियार र बद्री सापकोटाको स्वर छ ।

विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा विनय अधिकारी र जुनु गुरुङले अभिनय गरेका छन् ।

अधिकारीको यो दोश्रो गीत हो । यसअघि उनले ‘दुनियाँ लठ्ठै छ’ बोलको गीत दर्शकश्रोतामाझ ल्याएका थिए । पहिलो गीतको म्यूजिक भिडियो सफल भएपछि अधिकारीले दोश्रो गीत आफ्नै शब्दमा तयार पारेका थिए ।

समाजसेवी अधिकारी अचेल गीतसंगीतसहित चलचित्र निर्माणतिर पनि लागेका छन् । अधिकारीले बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउने घोषणा गरिसकेका छन् ।

हेरौं भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू