शनिबार, साउन १२, २०८१
05:49 | १०:३४

गायक शिशिर योगीको नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक

नेपाली लिङ्क मे ३०, २०२४

गायक शिशिर योगी

काठमाडौँ – ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक भएको छ।

गीतको रचना ८० वर्षीय सर्जक केशबराज राजभण्डारीले गरेका हुन् । राजभण्डारी पूर्व मुख्य सचिव, पूर्व निर्वाचन आयुक्त तथा पूर्व रक्षा सचिवको रुपमा काम गरिसकेका एक वरिष्ठ पूर्व प्रशासक हुन्। भजनसम्बन्धी उनका केही गीत रेकर्ड भएका छन् भने अध्यात्मसम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित छन्।

बुद्ध जयन्तीको अवसरमा ल्याइएको सो गीत संगीतकार राजु सिंहको जादुमय संगीतले जीवन्त तुल्याएको छ भने गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन्। त्यस्तै गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित छन्। भावमा डुबेर बजाउन सक्ने पण्डितको कलाले गीत उत्तिकै बेजोड बनेको छ। सो गीतको छायांकन र दृश्य सम्पादन विरेन्द्र भाट विपीनले गरेका छन्।

गायक योगीले गीतलाई मीठो स्वर मात्रै दिएका छैनन् उनको अभिनय कौशलले सुनमा सुगन्ध थपेको छ।

शिशिर योगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको गीतले संसारभरिका मानव कल्याणका लागि बुद्धको सन्देश प्रवाहित गरेको छ।

योगीको उक्त युट्युव च्यानलबाट मानिस खोजिरहेछु, कर्णालीपारि, बोल्ने कोही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ’ जस्ता सयौं गीतको रसास्वादन लिन सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार शिशिर योगीले गीतकार केशवराज राजभण्डारीको बुद्ध जीवन गीतलाई मीठो स्वर दिएका छन्।

यो लिंकमा गएर नयाँ गीत सुन्न/हेर्न सकिन्छ:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू