साउथ वेस्ट नेपाली समाज यूके अध्यक्षमा किसान जिसी निर्वाचित
लण्डन- साउथ वेस्ट नेपाली समाज यूकेको दोस्रो अधिवेशनले किसान जिसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
बेलायतको साउथ वेस्टमा बसोबास गर्ने नेपालीको साझा संस्था समाजको वरिष्ठ उपाध्यक्ष किशोर जिसी, उपाध्यक्षद्वय गंगा सापकोटा र राजन घले, महिला उपाध्यक्षमा शोभाना पोख्रेल, महासचिव लोकेन्द्र खड्का, सचिव डेभिड बानियाँ, कोषाध्यक्ष मुक्ति खरेल, सह–कोषाध्यक्ष शम्भु पाण्डे, महिला संयोजक प्रतिमा ओली, यूथ संयोजक बिराज रेग्मी र सह–संयोजकमा रुशा कार्की चुनिए ।
कार्यसमिति सदस्यहरुमा अर्जुन कुँवर, कमल दाहाल, कृष्ण रायमाझी, सन्तोष ढकाल, नमस केसी, राम थापा, मनोज पोख्रेल, प्रकाश आचार्य, एकराज तामाङ, पिके क्षत्री, प्रविण शर्मा र राज ढल्लाकोटी निर्वाचित भएको अध्यक्ष जिसीले बताए ।
समाजको संरक्षकमा पूर्व अध्यक्ष दिपक ढकाल, डा. भरत श्रेष्ठ र डा. ललित हमाल मनोनित भएका छन् भने सल्लाहकारमा माधव हुमागाई, हेमकान्त सेडाई, अमृत सेडाई, दिपक गिरी, धिरेन्द्र श्रेष्ठ, सुरेश केसी, सनि अधिकारी, राजेन्द्र कुवँर, श्रीराम खरेल, हरि काराखेती, गणेश ओझा र भरत थापालाई चयन गरिएको छ ।
पूर्व काउन्सिलर शाज सिंहले अधिवेशन उद्घाटन गदैं नेपालीहरुको एकता र सहकार्यबाट आफू उत्साहित भएको बताए ।
सोही अवसरमा संस्थापक अध्यक्ष दिपक ढकाल, डा. ललित हमाल, डा. भरत श्रेष्ठ, अमृत सेडाइ र माधव हुमागाईले संस्थामार्फत भइरहेका रचनात्मक कार्यहरुको प्रशंसा गदैं आगामी दिनमा समेत साथ र सहयोग रहने बताए ।
सन् २००८ मा स्थापना भएको समाजमार्फत जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग भएको छ ।
म्याग्दी बेनी नगरपालिका–६, छापका स्थायी बासिन्दा अध्यक्ष जिसीले निर्वाचित भएपछि आफ्नो कार्यकालमा साउथ वेस्टमा बसोबास गर्ने धेरै नेपालीलाई संस्थागत गतिविधिमा आवद्ध हुने गरि काम गर्ने बताए ।
उनले समाजको शीर उच्च हुने गरी अग्रज र कार्यसमितिका सहकर्मीहरुको सहयोगमा काम गर्ने पनि बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५