शनिबार, साउन १२, २०८१
06:52 | ११:३७

खेन्पो मगर बीसीसी यूकेमा

नेपाली लिङ्क मे १३, २०२४

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ । काठमाण्डौंस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सिपल समेत रहेका खेन्पो मगरलाई १२ मे आइतबार अल्डरसटस्थित बीसीसी यूके गुम्बामा स्वागत गरिएको हो ।

उनलाई बीसीसी यूके अध्यक्ष हर्क गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत भक्तजनहरुले पुष्पगुच्छाले स्वागत गरे ।
कार्यक्रममा खेन्पो मगरले बीसीसी यूकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिंदै आफ्ना विद्यार्थी, भक्तजन र शुचिन्तकहरुलाई फेरी भेट्न पाउँदा खुशी लागेको बताए ।

सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले खेन्पो निमा सिङ्गे गुरुलाई गुम्बामा पुनः स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीसीसीले आयोजना गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराए ।

करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रम पश्चात बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खेन्पो निमा सिङ्गे मगर, लोपेन नोर्बु, खैबा कर्म सुनाम लामाले तारा डोल्मा देवीको पूजापाठ गरेका थिए । त्यस्तै, दिउँसोको खाना पश्चात खेन्पो निमा सिङ्गे मगरको अगुवाई र पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमइको संयोजकत्वमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना समेत गरिएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बीएमई, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत भक्तजन, शुभचिन्तक र आमाहरुको उल्लेख्य उपस्थिति थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रम महासचिव मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू