आइतबार, जेठ ६, २०८१
16:05 | २०:५०

लन्डनकी नेपाली गायिका र भारतीय गायकको ‘धड्काय मेरे दिलको’ जी म्यूजिकमा

नेपाली लिङ्क मे ७, २०२४

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएकी संजिता देउजाको ‘धड्काय मेरे दिलको’ गीतको भिडियो भारतीय लोकप्रिय म्यूजिक च्यानल ‘जी म्यूजिक’ बाट सार्वजनिक भएको छ । 

पहिलोपटक हिन्दी गीतमा कलम चलाएकी देउजाले भारतका चर्चित गायक अभिजित भट्टाचार्यसंग आवाज दिएकी हुन् । ‘धड्काय मेरे दिलको’ गीतमा देउजाको आफ्नै शब्द छ ।

गीतमा नेपालका वरिष्ठ संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् । जम्मु र काश्मिरको सुन्दर दृश्यमा छयांकन गरिएको यस गीतमा हर्ष र महकले अभिनय गरेका छन् । त्यस्तै गीतमा डीओपी प्रसन्न कुँवरको छ भने मेकअपमा माया श्रेष्ठले भूमिका निर्वाह गरेकी छन् ।

बेलायत बसेर नेपाली गीत-संगीत, कविता र गजलमा सक्रिय छिन् देउजा । पेशाले सिनियर नर्स देउजाले पहिलोपटक हिन्दी गीतमा समेत पाइला चालेकी हुन् । ‘केही नेपाली गजल पछि हिन्दी गीत लेखेर हजुरहरूमाझ ल्याउने र सुनाउने प्रयास गरेको छु, आशा छ हजुरहरूलाई अवश्य मन पर्नेछ’- देउजाले भनेकी छन्- ‘मेरो पहिलो गीतलाई माया र आशिर्वाद प्रदान गरिदिनुहोला ।’

गायिका लता मंगेशकरलाई समेत नेपाली गायन क्षेत्रमा ल्याउन सफल शिखर सन्तोषका बन्चुन्जेलीलाई, मलाई पुगेन पुगेन यो बैंसले, करेन्ट लाग्ला, छाडेर जाउ कि मारेर जाउ, यो माया पनि नाटक, पवन दीपले गाएको घाम पनि गयो नौ डाडा काटेर जस्ता थुप्रै गीत लोकप्रिय छन् । 

यतिबेला उनी मुम्बइमा निकै व्यस्त छन् । भारतको सबैभन्दा ठूलो म्यूजिक कम्पनी ‘जी म्यूजिक’ मा प्रवेश गर्न पाउँदा आफूलाई मात्र नभई नेपाली सांगीतिक क्षेत्रका लागि पनि गौरवको कुरा भएको उनले बताए ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू