शुक्रबार, जेठ ४, २०८१
08:49 | १३:३४

भाइरल भेलुबाजेको निधन

नेपाली लिङ्क मे २, २०२४

काठमाडौँ- सामाजिक सञ्जाल र विशेषत: टिकटकमा भाइरल प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ। 

बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारी दिइन्।

पारिवारिक स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई दिउंसो १ बजे अस्पताल पुर्‍याएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरे । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू