बिहीबार, जेठ ३, २०८१
16:33 | २१:१८

काठमाडौँमा दोश्रो ‘एडब्लुएस कम्युनिटी डे’ भव्यरुपमा सम्पन्न

नेपाली लिङ्क अप्रिल २९, २०२४


काठमाडौँ – गत २१ अप्रिल आइतबार काठमाडौँ मैतीदेवीस्थित सनवे कलेजमा दोश्रो ‘एडब्लुएस कम्युनिटी डे’ भव्यरुपमा सम्पन्न भएको छ।  

‘एडब्लुएस युजर ग्रुप नेपाल’ आयोजक तथा जेनेस सलुशन एवं सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रममा  क्लाउडको बारेमा जान्न चाहने युवा, टेक पेशाकर्मीहरु तथा सूचना प्रविधि क्षेत्रका अगुवाहरुको उत्साहजनक सहभागिता थियो। 

उक्त कार्यक्रमले नेपाल तथा विदेशबाट आएका सहभागीहरुलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिङ सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल गर्न एक मन्च उपलब्ध गराएको थियो । 

‘एडब्लुएस कम्युनिटी डे’ समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हुन् जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले प्राविधिक जानकारी दिन्छन् ।

सहभागीहरुलाई स्वागत गर्दै सनवे कलेजका निर्देशक कुशल रेग्मीले आफ्नो कलेजमा पढाइ हुने कोर्सहरुको बारेमा जानकारी दिए । उनले कार्यक्रमको उद्देश्यबारे पनि प्रकाश पारे ।

‘एडब्लुएस युजर ग्रुप नेपाल’ का अगुवा तथा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत एडब्लुएस एमब्यासडर अञ्जनी फुयाँलले सन् २०१८ मा  ‘एडब्लुएस युजर ग्रुप नेपाल’  स्थापना भए यताको यात्राको चर्चा गर्दै एडब्लुएसका क्षेत्रमा भैरहेका पछिल्ला विकासक्रम, एडब्लुएस प्रविधिहरु तथा सर्वोत्तम अभ्यासहरुका बारेमा आफ्नो अनुभव बाँडे ।


कार्यक्रमका प्रमुख वक्ता एडब्लुएसको भारत तथा दक्षिण एसियाका लागि सीआइओ एडभाइजरी ग्राहक सम्बन्ध विभागका प्रमुख विश्वजीत मोहपात्रले क्लाउड आर्किटेक्चर डिजाइनदेखि एडब्लुएस इन्फ्रास्ट्रक्चरलाई कसरी राम्रोसंग उपयोग गर्ने सम्बन्धमा प्रस्तुति दिए ।


त्यस्तै एडब्लुएस इन्डियामा डेभलपर मार्केटिङ म्यानजरको रुपमा कार्यरत रिधिमा कपुरले क्लाउड कम्प्युटिङ, उदाउँदा प्रविधिहरु र एडब्लुएस सलुसन्सको रुपान्तरकारी शक्तिबारे जानकारी दिइन्।  

कोर टेक्निकल सत्रमा बोल्दै नेपालमा अमेजन वेब सर्भिसेजका एमब्यासडर तथा एडब्लुएस युजर ग्रुप नेपालका एकजना सक्रिय सदस्य सुशान्त पौडेलले एडब्लुएस नाइट्रो कार्ड्स लगायतका विषयमा रोचक प्रस्तुति दिएका थिए ।  

दिनभरि नै सहभागीहरुले ‘एडब्लुएस युजर ग्रुप’ समुदायका नेतृत्वकर्ताहरुबाट सिक्नुका साथै ब्लकचेन, कृत्रिम बौद्धिकता, परफरमेन्स कम्प्युटिङ तथा क्लाउड कम्प्युटिङ प्रविधिजस्ता अमेजन वेब सर्भिसेजसंग आबद्ध प्रविधिबारे जानकारी प्राप्त गरेका थिए । 

‘एडब्लुएस कम्युनिटी डे’ ले सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि गर्न तथा नवपरिवर्तन एवं व्यावसायिक वृद्धिलाई सघाउन विज्ञहरुको प्रस्तुतिका साथै कार्यशाला गोष्ठी तथा नेटवर्किंग अवसरहरु उपलब्ध गराएको थियो ।

‘प्रविधिमा महिला’ सत्रको संयोजन ‘एडब्लुएस कम्युनिटी डे’ को सामुदायिक साझेदार पनि रहेको शिक्वल फाउन्डेसनले गरेको थियो। 

प्यानल छलफलपछि शुरु भएको ‘डेभअप्स ट्रयाक’ मा विभिन्न वक्ताहरुले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गरेका थिए । 

त्यस्तै ‘क्लाउड सेक्युरिटी ट्रयाक’ मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला लगायतका वक्ताले अमेजन आरिरा र अमेजन आरडीएसको भेक्टर डेटाबेस पावरको व्यावहारिक असरहरुबारे आफ्नो अनुभवहरु शेयर गरे ।  

https://www.acdnepal.com/ मा गएर ‘एडब्लुएस कम्युनिटी डे’ तथा आगामी कार्यक्रमहरुबारे जानकारी प्राप्त गर्न सकिन्छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू