मंगलबार, जेठ १, २०८१
12:28 | १७:१३

बझाङमा एमाले उम्मेदवार भण्डारीको झिनो मतले अग्रता

नेपाली लिङ्क अप्रिल २८, २०२४

बझाङ–बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा नेकपा एमाले उम्मेदवारको अग्रता कायमै छ ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४६६८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ४५८० मतले पछ्याइरहेका छन् । पछिल्लो परिणाम अनुसार भण्डारी ८८ मतले अगाडि छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २४४२ मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १६५८ मत ल्याएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू