शनिबार, कार्तिक १०, २०८१
15:54 | २०:३९

इलाममा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै

नेपाली लिङ्क अप्रिल २८, २०२४

काठमाडौं–इलाम २ मा शनिबार सम्पन्न निर्वाचनमा कुल ११ हजार ८९१ सदर मत गनिएको छ । पछिल्लो  मतगणनाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २७ मत पाएका छन् ।

यस्तै कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ७५९ मत पाएका छन् । मध्यरातसम्मको परिणाम अनुसार नेम्वाङ भन्दा खड्का १२६८ मतले पछाडि छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ८१५ मत पाएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले चौथो स्थान कायम गर्दै  ७६० मत पाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू