शुक्रबार, वैशाख २८, २०८१
00:22 | ०५:०७

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान, गणना भोलि

नेपाली लिङ्क अप्रिल २७, २०२४

निर्वाचन आयोग भवन । तस्बिर रासस

काठमाडौं, वैशाख १५ — इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन शनिबार उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गरेको विज्ञप्ति अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा करिब ५८ प्रतिशत र बझाङ् जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १ मा करिब ५० प्रतिशत मतदान भएको छ।

उपनिर्वाचनमा इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ मतदाता र बझाङ क्षेत्र १ मा ६१ हजार ७४८ मतदाता थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ।

इलामको मतपेटिका मतगणनास्थल इलाम नगरपालिकाको वडा न ७ स्थित गौतम बुद्ध सभागृहमा राति ११ बजे र बझाङको मतपेटीका जिल्ला अदालत चैनपुरमा हवाइमार्गबाट आइबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू