शुक्रबार, वैशाख २८, २०८१
11:17 | १६:०२

८ देशका १७ कविहरूले सुनाए कविता

नेपाली लिङ्क अप्रिल २७, २०२४

लण्डन- पोएट्री एन्ड लिटरेरी ग्रुप इन्टरनेशनलले शनिबार एक साहित्यिक कार्यक्रम आयोजना गरेको छ। विभिन्न आठ देशका १७ कविहरूको प्रस्तुति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतनिवासी कवि दुर्गाप्रसाद पोख्रेल आमन्त्रित थिए।

ग्रुपका ग्लोवल प्रेसिडेन्ट तुफेल अहमेदको अध्यक्षतामा भएको उक्त कार्यक्रम मैथिली कवि एवं यूके काउन्सिलर शरदकुमार झाले संचालन गरेका थिए। 

कार्यक्रममा माल्दिभ्स, युएई, भारत, ओमान, केन्या, जर्मनी, स्कटल्याण्ड, इङ्गल्याण्ड र क्यानडाका कविहरूले विभिन्न विषयका कविता वाचन गरे । 

प्रमुख अतिथि पोख्रेलले वाचित कविताहरूमाथि टिप्पणी सहित कविता सिद्धान्त र आफ्नो नेपाली र अंग्रेजी कविता वाचन समेत गरेका थिए। कार्यक्रम ग्रुपको यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू