बिहीबार, वैशाख २७, २०८१
18:59 | २३:४४

इलाम २ मा ५७ प्रतिशत मत खस्यो

नेपाली लिङ्क अप्रिल २७, २०२४

इलाम — इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ ।

बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ मा १ लाख १५ हजार ८८९ कुल मतदातामा थिए ।

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू