बिहीबार, वैशाख २०, २०८१
09:14 | १३:५९

फिल्म निर्माणमा होमिए युवा व्यवसायी विनय अधिकारी

नेपाली लिङ्क अप्रिल १९, २०२४


लन्डन- एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले फिल्म बनाउने भएका छन्।

बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउन लागेको अधिकारीले जनाए ।

अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा फिल्म बन्ने भएको हो।

बिहीबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका छन् । पटकथा लेखक शिवम् अधिकारीले निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई फिल्मको स्क्रिप्ट बुझाइसकेका छन् ।

शिवमका अनुसार बालगायक दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु फिल्ममा समावेश हुनेछ ।

पाँच वर्षअघि रिलिज भएको हिट गीत ‘मनबिनाको धन ठूलो कि’ गीतबाटै फिल्मको नाम तय गरिएको छ ।


फिल्म निर्माणमा होमिएका अधिकारीको गत सातामात्र आफ्नो शब्द र अभिनयमा बनेको ‘दुनिया नै लट्ठ छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।  

ग्लोवल गोर्खा समाजका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक अधिकारी गैर आवासीय नेपाली संघ (एनआरनए) मा लामो समयदेखि आवद्द छन् ।

गोरखामा जन्मिएर काठमाडौँ र लण्डनलाई कर्मथलो बनाउँदै आएका उनी शैक्षिक परामर्शदाता पनि हुन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू