मंगलबार, वैशाख १८, २०८१
21:15 | ०२:००

चितवन समाज यूकेले मनायो नयां वर्ष

नेपाली लिङ्क अप्रिल १५, २०२४

लन्डन । चितवन समाज यूकेले लन्डन प्लमस्टिडस्थित गेसो हलमा एक कार्यक्रम गरि नेपाली नयां वर्ष २०८१ को शुभकामना आदानप्रदान गरेको छ ।

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च बेलायतको वरिष्ठ उपाध्यक्ष एवं एनआरएनए यूके आइसीसी सदस्य फुलप्रसाद कंडेलको प्रमुख आतिथ्य र शालिक सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा चितवन समाज इजरायलका पूर्व अध्यक्ष नयन सापकोटा र जीवन विज्ञान यूकेकी ट्रष्टी सरिता शर्मा विशेष अतिथी थिए ।

कार्यक्रममा प्रमुख अतिथी फुलप्रसाद कंडेल, चितवन समाज यूकेका सल्लाहकार एवं माओवादी युरोप पूर्व संयोजक नवीन सापकोटा, समाजका अध्यक्ष सालिक सापकोटा, विशेष अतिथीहरु लगायतले नयां वर्षको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष सापकोटाले समाजले चितवनवासीलाई सुखदुःखमा साथ दिने र नेपाली कलासंस्कृतिद्वारा एक सूत्रमा बांध्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाका सचिव डिल्ली लामिछानेले सञ्चालन गरेको पहिलो औपचारिक कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक नारायणी लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम महासचिव खेम शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा अनुशा शर्मा र आयुसा चालिसेले नृत्य देखाए भने जेम्स श्रेष्ठले गायन प्रस्तुत गरे ।

खाना व्यवस्थापन गोर्खा स्पाइसका रामकृष्ण अर्याल र उत्तम गौतमले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू