मंगलबार, वैशाख २५, २०८१
00:35 | ०५:२०

बेलायतमा हृदयाघातका कारण अस्ताए ३१ वर्षीय युवा, शव नेपाल पठाउन सकस

नेपाली लिङ्क अप्रिल १५, २०२४

लन्डन- बेलायतमा ह्रदयघातले ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउन आर्थिक अभाव भएको छ।  

नलगाड नगरपालिका वडा नं २ जाजरकोट स्थायी घर भइ विगत ५ वर्ष देखि क्यान्टरबरीमा बसोबास गर्दै आएका बेद खत्रीको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सहयोग संकलन अभियान शुरु गरेको छ। 

३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन हृदयाघातका कारण विलियम हार्भे हस्पिटल आशफोर्डमा निधन भएको थियो।

खत्रीको परिवारको अनुरोधमा उनको शव नेपाल पठाउन झन्डै ५ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ।

‘आफ्ना छोराको अनुहार हेर्न (अन्तिम दर्शन तथा दाहसंस्कारका लागि) उहाँको आमा र परिवारजनले अनुरोध गर्नु भएकाले हामीले सहयोग संकलन अभियान शुरु गरेका छौं’, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले भने, ‘यो मानवीय कार्यमा सक्दो सहयोग गरिदिनुहुन हामी बेलायतस्थित नेपाली संघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं ।’

एनआरएनए यूके महासचिव गोविन्द खरेलले उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गरिने बताए ।

सहयोग रकम निम्नानुसार खातामा जम्मा गर्न एनआरएनए यूकेले आग्रह गरेको छ :

Account name: NON-RESIDENT NEPALI

Sort Code: 60-01-08

Account number: 42421888

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू