मंगलबार, वैशाख १८, २०८१
22:35 | ०३:२०

इंग्ल्यान्ड ‘सी’ संग बेलायतमा फुटबल खेल्न नेपाली टिम घोषणा

नेपाली लिङ्क अप्रिल १४, २०२४

फाइल तस्विर- रासस

लन्डन । नेपाल र इंग्ल्यान्ड ‘सी’ टिमबीच ६ मेमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।

नेपालको प्रारम्भिक टिममा गोलकिपर- अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत, डिफेन्डर- अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ, मिडफिल्डर- भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की, फरवार्ड- अन्जन विष्ट, दिनेश हेन्जन, जलेस्पीजंग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहने छन् ।

अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउंदो मे ६ तारिख सोमबार बैंक होलिडेका दिन नेपालको राष्ट्रिय टिम र इंग्ल्याण्डको सी टिमबीच प्रतिष्पर्धा गराउने भएको छ। खेल सफल बनाउन यहांको नेपाली समुदाय र नेपाली दूतावास पनि सक्रिय छ । खेल हेर्न टिकट मूल्य १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड राखिएको छ ।

आयोजक अल्डरसट टाउन फुटबल क्लवको वेवसाइटमार्फत अनलाइन टिकट विक्री भइरहेको छ ।

टिकट लिन यस लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू