मंगलबार, वैशाख १८, २०८१
23:10 | ०३:५५

गैरआख्यान ‘लन्डन अनप्लग्ड’ लिएर छिट्टै पाठकसामु आउँदै गोपी

नेपाली लिङ्क अप्रिल १२, २०२४


लण्डन- लेखक गोपी सापकोटाको नयाँ पुस्तक ‘लन्डन अनप्लग्ड’ पाठकसामु छिट्टै आउने भएको छ । नेपाली साहित्यमा नाटककार र उपन्यासकारका रुपमा परिचित सापकोटाको सो पुस्तक सिर्जनात्मक गैरआख्यान विधाको हुनेछ ।

‘लन्डन अनप्लग्ड’मा गोपीले आफू नेपालबाट बेलायत हिँडेपछि नेपालबाट छुट्टिएको तर बेलायतसँग जोडिन नसकेको अनप्लग्ड समय र जीवनको बारेमा लेखेका छन् । लेखनमा नवीनता गोपीको विशेषता हो ।

‘लन्डन अनप्लग्ड’ पुस्तकको कभर कलम प्रकाशनले हालै सार्वजनिक गरेको छ ।

पछिल्लो समयमा गोपीका उपन्यासहरु ‘काँचो कागज’ र ‘चिसो बाफ’ले राम्रो चर्चा कमाएका थिए । उनका करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू