बुधबार, वैशाख १९, २०८१
20:43 | ०१:२८

चार्ल्टन नेपाली समाजको नयाँ वर्ष कार्यक्रम-‘हाइकिङ एन्ड पिकनिक’

नेपाली लिङ्क अप्रिल १०, २०२४

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टनस्थित ‘चार्ल्टन नेपाली समाज यूके’ ले नेपाली नयाँ वर्ष एक फरक कार्यक्रमसहित मनाउने भएको छ।

समाजले नयाँ वर्षको अवसरमा आगामी महिना ‘हाइकिङ एन्ड पिकनिक’ कार्यक्रम आयोजना गर्ने भएको हो।  

समाजका महासचिव वसन्त खनालका अनुसार मे महिनाको १२ तारिख आइतबार सरेको बक्स हिलमा हाइकिङ र पिकनिक एकसाथ गरिने तयारी छ।

बिहान साढे ९ बजे चार्ल्टनबाट बक्स हिलका लागि कोच छुट्नेछ भने दिनभर हाइकिङ, पिकनिक र अन्य मनोरञ्जनपूर्ण गतिविधिहरु सञ्चालन गरिनेछ। 

कोचमै जानेहरुलाई २० पाउन्ड तथा आफ्नै सवारीमा गएर कार्यक्रममा भाग लिनेहरुलाई १० पाउन्ड मात्र शुल्क लाग्नेछ।

अधिकांश कार्यक्रमहरु बन्द हलभित्रै हुने गरेकोमा केही फरक अनुभूति र अनुभवका लागि यो कार्यक्रमको सोच बनाइएको समाजकी अध्यक्ष सीता अर्यालले बताइन्। 

अध्यक्ष अर्यालले कार्यक्रममा सहभागी हुन ईच्छुक स्थानीय नेपालीहरुलाई यथासक्य चांडो आफ्नो स्थान सुरक्षित गर्न आव्हान गरेकी छन्। 

कार्यक्रमको संयोजन गर्ने जिम्मा पाएका कार्यसमिति सदस्य किरण सापकोटाले सिट सिमित रहेकाले ‘फर्स्ट कम, फर्स्ट सर्भ’ मा स्थान उपलब्ध गराइने जानकारी दिए।

सीट बुकिङको लागि आयोजकका सम्पर्क नम्बरहरु तलको ब्यानरमा उपलब्ध छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू