शुक्रबार, वैशाख २१, २०८१
20:09 | ००:५४

बीसीसी यूकेमा धर्मगुरु लोपेन नोर्बुको स्वागत

नेपाली लिङ्क अप्रिल ९, २०२४

लण्डन- बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेमा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरिएको छ। मंगलबार ९ अप्रिल बिहान बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई खादा लगाएर गुम्बामा स्वागत गरेका हुन्।

बीसीसी यूकेको निमन्त्रणामा एक वर्षका लागि बेलायत आएका लोपेन नोर्बुले गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्नेछन्। धर्मगुरु लोपेन नोर्बुले विशेषत: बौद्ध शिक्षासंग सम्बन्धित विभिन्न विषयमा अध्यापन, प्रवचन, मेडिटेशन, योगालगायत धार्मिक पूजापाठ गर्नेछन्।

दुई वर्षअघि पनि बीसीसी यूकेको निमन्त्रणामा बेलायत आएका नोर्बु काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बाका लोपेन गुरु हुन् ।

स्वागत कार्यक्रममा बीसीसी यूकेका प्रमुख लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, खैबा कर्मलगायत आमाहरुको उपस्थिति थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू