बुधबार, जेठ २, २०८१
02:45 | ०७:३०

आर्म्ड फोर्सेस भेट्रान कार्ड आवेदन र नयाँ वर्ष कार्यक्रम गर्दै नेप्लिज अलाइन्स

नेपाली लिङ्क अप्रिल ८, २०२४


लन्डन- नेप्लिज अलाइन्स एसोसिएसन (एनएए) यूकेले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान साथै भूपू गोर्खाहरूका लागि पनि जानकारीमूलक विशेष कार्यक्रम गर्ने भएको छ ।

अप्रिल १३ शनिबार लन्डनस्थित फेल्थम एसेम्बली हलमा आयोजना गर्न लागिएको नेपाली नयाँ वर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित स्थानीय मेयर, डेपुटी मेयरलगायत स्वदेशी तथा विदेशी पाहुनाहरुको सहभागिता रहने आयोजकमध्येका लन्डन बरो हन्स्लो पूर्व मेयर एवम् काउन्सिलर विष्णु गुरुङले बताए ।

कार्यक्रममा सपन राई, निर्जला गुरुङ, सबिन गुरुङलगायत कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् । नेपाली कला संस्कृति र परम्परा जगेर्ना गर्ने तथा यसलाई निरन्तरता दिने उद्देश्यले एसोसिएसनले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

सोही अवसरमा ब्रिटिस सेनामा काम गरेकाहरुलाई एचएम आर्म्ड फोर्सेस भेट्रान कार्ड आवेदनको लागि फारम  तथा अनलाइन  आवेदनसम्बन्धि हंस्लो भेट्रान्स क्याफे कार्यक्रमको बारेमा जानकारी  गराइनेछ । 

बेलायती सेनामा सेवा गरेवापत निशुल्क उपलब्ध गराइने उक्त कार्डका लागि बेलायतमा स्थायी ठेगाना भएका र रोयल नेभी, आर्मी, रोयल एयर फोर्स तथा रोयल मरिन्समा आवद्ध हुनेहरुले प्राप्त गर्न सक्नेछन् । तर, क्यानेडियन नेभी वा रोयल अष्ट्रेलियन फोर्समा काम गर्नेहरुले भने यो कार्ड पाउने छैनन् ।

अनलाइनबाट पनि आवेदन दिन सक्ने उक्त कार्डबाट विभिन्न सरकारी क्षेत्रमा सेवासुविधा सहज रुपमा प्राप्त गर्न सकिने भूपू गोर्खा सैनिक तथा काउन्सिलर विष्णु गुरुङ बताउंछन् । यसका लागि अर्को छुट्टै कार्यक्रम पनि गरेर सबैलाई समेट्ने तयारी भएको उनले जानकारी दिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू