बिहीबार, जेठ ३, २०८१
00:35 | ०५:२०

आरजीएनएसको नयाँ वर्ष कार्यक्रम आज, चर्चित कलाकारले प्रस्तुति दिंदै

नेपाली लिङ्क अप्रिल ७, २०२४

लन्डन-‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) ले नेपाली नयाँ वर्ष २०८१ एक विशेष कार्यक्रमसहित आइतबार मनाउँदैछ । 

प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा साँझ ५ बजे शुरु हुने नयाँ वर्ष शुभकामना कार्यक्रममा विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिनेछन्। 

कार्यक्रममा चर्चित लोकदोहोरी गायिका भूमिका गिरी र गायक यज्ञ विकले प्रस्तुति गर्दैछन्। पासा पुच: गुथि यूकेको टीमले विशेष नाच प्रस्तुत गर्नेछ।  

राती ११ बजेसम्म चल्ने कार्यक्रममा स्थानीय कलाकारका गीत, नृत्य तथा डिजे डान्सबाट मनोरन्जन गराइनेछ। 

कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्षद्वय सुरोज मास्के र मञ्जु भण्डारीले गर्दैछन्। कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क १० पाउन्ड लाग्नेछ जसमा डिनर पनि समावेश हुनेछ।  

कार्यक्रममा चार सय बढी स्थानीय नेपालीको सहभागिता रहने आयोजकले बताएका छन्।  

आयोजक आरजीएनएस अध्यक्ष पूण्य रेग्मीले कार्यक्रममा सहभागिताको लागि सबै नेपालीलाई आव्हान गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू