सोमबार, वैशाख १७, २०८१
18:55 | २३:४०

गायिका भूमिका शाहले बेलायतमा गरिन् झ्याउरे गीतको छायांकन

नेपाली लिङ्क अप्रिल ३, २०२४

लन्डन । हाल बेलायतमा रहेकी लोकप्रिय गायिका भूमिका शाहले आफ्नो मौलिक झ्याउरे गीतको भिडियो छायांकन गरेकी छन् ।

‘रोधी घरमा भेट भयो मयालाई

फूल टिपेर लाइदिउंकी पयालाई’

बोलको गीतको छायांकन भएको हो । उक्त गीतको लय, शब्द गायिका शाहकै छ भने स्वरमा उनलाई चर्चित गायक, सर्जक तथा मोडल नरेन्द्र आचार्यले साथ दिएका छन् ।

यस गीतको भिडियो निर्देशन स्वयं गायिका आफैंले गरेकी छिन् भने अभिनय पनि उनकै छ । अभिनयमा ‘बाचाबन्धन’ का हिरो बेलायतवासी गोरे गुरुङले साथ दिएका छन् ।

उक्त गीतमा अतिथीका रुपमा न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईलाई प्रवेश गराइएको छ । भिडियो छायांकनमा न्यू लक्ष्मी ज्वलर्सले विशेष सहयोग गरेको छ । छायांकनको सबै जिम्मा न्यू होराइजनले गरेको हो भने छायांकन स्थल एम्पायर हल ब्यवस्थापन गोरे गुरुङ अनि गोर्खा आमा समूह एम्पायरले गरेको हो । क्यामरा नन्द पुनको छ ।

गायिका शाहले आफ्नो प्रोजेक्टमा सहयोग गर्ने आकाश सुनुवार, पद्मश्री ज्वलर्स, सुनित राई लगायत सम्पूर्ण बुवाआमा, दाजुभाई र दिदीबहिनीप्रति आभार व्यक्त गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू