शनिबार, वैशाख १५, २०८१
11:50 | १६:३५

बेलायतमा प्रदर्शन हुँदै ‘डिग्री माइला’

नेपाली लिङ्क मार्च २८, २०२४


लण्डन – ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’ बेलायतमा प्रदर्शन हुने भएको छ । 

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर केटुएस, जीनाइन इन्टरटेनमेन्ट र दास इन्टरटेनमेन्टले संयुक्त रुपमा बेलायतका अल्डरसट, आशफोर्ड, स्वीण्डन, रेडिङ, मेडिस्टोन, हेजलगायत एक दर्जन बढी स्थानमा चलचित्र प्रदर्शन गर्न लागेको हो ।

बेलायतको पहिलो शो अल्डरसटस्थित प्रिन्सेस हलमा आउँदो अप्रिल १४ तारिख दिउँसो १ बजे प्रदर्शन गरिने केटुएसका अनिल पुर्जाले बताए । 

बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र नेपालमा भने बैशाख १ गते अर्थात अप्रिल १३ गते नै रिलिज हुँदै छ ।

दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण भएको हो । 

चलचित्रमा दयाहाङ नै मुख्य भूमिकामा छन् भने आँचल शर्मा, माओत्से गुरुङ, बुद्धी तामाङ, विजय बराल लगायत कलाकारहरुको अभिनय छ । 

आयोजकले नेपाली चलचित्रलाई माया गर्न बेलायतवासी सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू