शनिबार, वैशाख १५, २०८१
06:42 | ११:२७

लन्डनमा हुने त्रिपक्षीय वार्तामा जान ६ जना गोर्खाको नाम सिफारिस

नेपाली लिङ्क मार्च २४, २०२४

फाइल तस्बिर

लन्डन । भूतपूर्व गोर्खा समस्या सम्बोधनका लागि बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच २७ मार्चमा हुन लागेको त्रिपक्षीय वार्ताको अन्तिम तयारी बैठक भएको छ ।

आइतबार लन्डनस्थित नेपाली दूतावासमा भएको झण्डै साढे दुई घण्टा लामो बैठकमा जी टेन समूहसंग आवद्ध गोर्खासहित ११ जना र राजदूत ज्ञानचन्द्र आचार्य, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

दूतावासले केही दिन अघि पनि जी टेन प्रतिनिधिहरुलाई दूतावासमा बोलाएर राय सुझाव मागेको थियो । आजको बैठक त्यसैको ‘फलोअप’ हो ।

बैठकले आसन्न वार्तामा जान ६ जना गोर्खाको नाम सिफारिस गरेको छ । ति नाम भोलि (सोमबार) टुंगो लाग्ने जी टेन समूहमा आवद्ध मेजर जुदबहादुर गुरुङले नेपालीलिंकलाई बताए ।

‘म जाने पक्का हो तर अरु नाम महामहिमज्यूले भोलि फाइनल गर्ने कुरा छ’, मध्यस्तकर्ता तथा प्रवक्ता गुरुङले भने, ‘वार्तामा गोर्खाजन्य सबै संघसंस्थाको प्रतिनिधित्व गराउने योजना छ ।’

बेलायती रक्षा मन्त्रालय (एमओडी) मा हुन लागेको वार्तामा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, राजदूत ज्ञानचन्द्र आचार्य, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुंदैछन् ।

आजको छलफलमा राजदूत आचार्यले मुख्य मुख्य एजेण्डामा थप राय मागेका थिए ।

‘हाम्रो टप एजेण्डा नै पेन्सन हो’, गुरुङले भने, ‘पेन्सनमा पनि १९९७ अघि आएकाको लागि जिपिएस र १ जुलाई ९७ पछि रिटायर्ड भएकाहरुको ‘गट’ स्किम छ । साढे दुई वर्ष भइसक्यो वार्ता चलेको । हामी बेलायत सरकार कति गम्भीर छ २७ मार्चमा सोध्छौं ।’

एमओडीले यसपटक पनि वास्ता नगरे अर्को विकल्प सोच्नु पर्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू