आइतबार, वैशाख १६, २०८१
21:10 | ०१:५५

निसीखोला बस दुर्घटनामा ७ को मृत्यु, २० घाइते

रासस मार्च १८, २०२४

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम  रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू