सोमबार, वैशाख १७, २०८१
14:43 | १९:२८

त्रिपक्षीय वार्ताअघि ‘जीटेन’ प्रतिनिधिहरु आज लन्डन दूतावास पुग्दै

नेपाली लिङ्क मार्च १५, २०२४

लन्डन । २७ मार्चको जिटुजी गोर्खा वार्ताअघि जी टेन प्रतिनिधिहरुको बैठक आज लन्डनस्थित नेपाली दूतावासमा हुंदैछ ।

दिउसो ३ बजे दूतावासमा तय भएको बैठक आसन्न त्रिपक्षीय वार्तामा के कसरी प्रस्तुत हुने, को जाने, एजेण्डा के-के हुन्छन् जस्ता विषयमा राजदूत ज्ञानचन्द्र आचार्यसहित अन्य कर्मचारीसंग छलफल गर्न केन्द्रित हुने गोर्खाहरुका तर्फबाट मध्यस्तकर्ता तथा प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङले जनाए । त्रिपक्षीय वार्तामा को-को सहभागी हुने भन्नेमा गोर्खाहरुबीच तंछाडमंछाड छ ।

आजको बैठकमा दूतावासमार्फत त्रिपक्षीय वार्ताका एजेण्डा र थप विवरण मागिने गुरुङले जनाए । उनका अनुसार पेन्सनबाहेक अध्यागमन विषय समेत उठाइने छ । गुरुङले  ब्रिटिश आर्मीमा ४ वर्ष ‘कन्ट्रयाक्ट’ गरेपनि समय अगावै रिडन्डेन्सी पठाइएका ११६ जना भूतपूर्व गोर्खाहरुको समेत आवासीय अधिकार हुनुपर्ने माग उठ्ने जनाए ।

जी टेन समूहमा मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, युनाइटेड ब्रिटिश गोर्खा एक्स सर्भिसमेन एसोसिएसन नेपालका अध्यक्ष (युबिजिइए) का रामबहादुर राई, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका मेजर (रि) उदयबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान, गेसो सभापति कृष्णकुमार राई र उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ साथै अनसनकर्ताहरु ज्ञानराज राई, पुष्पा राणा घले र धन गुरुङ आवद्ध छन् ।

बुधबारमात्र बिग्रेड अफ गोर्खाज हेडक्वाटर्स क्याम्बर्ली वेलफेयर विषयमा झन्डै दुई घण्टा लामो छलफल भएको थियो ।

फाइल तस्विर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू