नटिङहम महिला समूहले मनायो नारी दिवस
लन्डन- नटिङहम महिला समूहले १ सय १४ औं अन्तरराष्ट्रिय नारी दिवस एक विशेष कार्यक्रमसहित मनाएको छ।
गत बुधबार समूहकी अध्यक्ष श्रीमती निरु चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध सांस्कतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थियो।
समान नेपाली पोशाकमा सजिएका दर्जनौं स्थानीय महिला कार्यक्रममा सहभागी थिए ।
समूहकी वर्तमान अध्यक्ष चालिसे, नेपाली समाज नटिङहमका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र नेपालबाट बेलायत भ्रमणमा आएका वृद्धा आमाहरुले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
त्यसअवसरमा स्थानीय महिला कलाकार मेनुका कंडेल, मेनुका बस्नेत, मीना सापकोटा, माया चौधरी, सरिता गौतम, मन्जु गौतम, रस्मी सापकोटा अर्यालको टिम, अमिसा नेपाल, सरस्वती गिरी, संगिता, सुमित्रा गौतम, कला भट्टराईलगायतले नेपाली कला, संस्कृति झल्काउने प्रस्तुतिहरु गरेका थिए । कार्यक्रम सञ्चालन सकुन्तला भट्टराईले गरेकी थिइन् ।
कार्यक्रममा अतिथिको रुपमा नेपाली समाज नटिङहमका संस्थापक अध्यक्ष रणबहादुर केसी, पूर्व अध्यक्ष प्रविण पान्डे, पूर्व अध्यक्ष एवं साझा नेपाली समाज यूकेका अध्यक्ष हिरा सापकोटा र वर्तमान अध्यक्ष राम प्रसाद पन्थी, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष शम्भु अर्याल, नेपाली समाज नटिङहमका उपाध्यक्षद्वय मकुन्द खराल र लोकनाथ अधिकारी तथा महासचिव रेशम खड्कालगायत उपस्थित थिए ।
त्यस्तै, महिला समूहका पूर्व अध्यक्षहरु गीता भट्टराई, अर्चना हमाल र कल्पना गुरुङको पनि उपस्थिति थियो ।
कार्यक्रममा स्वयसेवकहरुको संयोजन कल्पना गौतम र डुम्रेले गरेका थिए भने ब्याज वितरण र अतिथि आसनतर्फ मुना गौतम खटिएकी थिइन् ।
महिला समूहका संस्थापक सदस्यहरु लक्ष्मी पन्थी र मीना भण्डारीले कार्यक्रमलाई सहयोगस्वरुप आर्थिक सहयोग गर्नेहरुलाई एक एक मायाको चिनो प्रदान गरेका थिए ।
समूहकी अध्यक्ष निरु चालिसेले स्थानीय सबै नेपाली महिलालाई एकताबद्ध गराएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५