सोमबार, वैशाख १७, २०८१
06:08 | १०:५३

सपना र सुजनालाई एनआरएनए यूकेको आर्थिक सहयोग

नेपाली लिङ्क मार्च ८, २०२४

लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सामाजिक अभियन्ताद्वय सपना रोकामगर र सुजना थापा श्रीसलाई आर्थिक सहयोग गरेको छ । 

संघले बिहीबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपालमा बेवारिसे शव व्यवस्थापन गरेर बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना र श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजानालाई जनही ७ सय पाउन्डका दरले सहयोग हस्तान्तरण गरेको हो । 

सहयोग रकमको चेक एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रदान गरेका थिए । उक्त रकम चन्दा संकलन गरि जुटाइएको हो । 

एनआरएनए यूकेको निमन्त्रणामा उनीहरु अहिले बेलायतमा छन् । श्रीस केही वर्षयता भूतपूर्व गोर्खा श्रीमतिहरुको कथा उजागर गर्ने आफ्नो प्रोजेक्ट ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ मा जुटेकी छन् । 

सपनाले सपना फाउन्डेसनमार्फत आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिइरहेकी छन् । 

अध्यक्ष गाहामगरले सबै चन्दादाताहरुप्रति आभार व्यक्त गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूके उपाध्यक्षहरु भरतमणी चोङवाङ र अनिल मल्ल, महासचिव प्रमिला लाबुई राई, कोषाध्यक्ष रविन गुरुङ, एनआरएनए यूके गोर्खा टास्क फोर्स प्रमुख ओमप्रसाद थापा, आइसीसी सदस्य भक्त दर्जीको लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू