सोमबार, वैशाख १७, २०८१
15:31 | २०:१६

गोर्खा समस्याबारे बेलायती राजदूत र परराष्ट्र सचिवबीच छलफल

नेपाली लिङ्क मार्च ७, २०२४


काठमाडौँ —नेपालका लागि बेलायती राजदूत रब फेन र परराष्ट्र सचिव सेवा लम्सालबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका विषय तथा बेलायती गोर्खा समस्यालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भूपू गोर्खा सैनिकलाई समान पेन्सन लगायत सेवा सुविधा दिन नेपाल सरकारले बेलायतसँग कडा अडान राख्दै आएको छ । 

यही मार्च २७ मा बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच लन्डनमा मन्त्रिस्तरिय वार्ताको तयारी भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू