सोमबार, वैशाख १७, २०८१
09:28 | १४:१३

यी हुन् रास्वपाका मन्त्री बन्ने चार नेता, रवि फेरि गृहमा

नेपाली लिङ्क मार्च ६, २०२४

काठमाडौं- सोमबार बनेको नयाँ सत्ता गठबन्धनमा भागबन्डा मिलेको छ। भागबन्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ वटा मन्त्रालय पाउने भएको छ।

सत्ता गठबन्धनमा भएको लामो छलफल र रस्साकस्सीपछि बुधबार मन्त्रालय भागबन्डामा सहमति जुटेको हो। जसअनुसार रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय पाउने भएको छ।

रास्वपा स्रोतका अुनसार गृहमा सभापति रवि लामिछाने फर्किने भएका छन्। शिक्षा मन्त्रालयको जिम्मा सुमना श्रेष्ठले पाउने भएकी छन्। श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल फर्किँदैछन्।

उता खेलकुद मन्त्रालयमा सांसद विराजभक्त श्रेष्ठलाई लगिने निर्णय भएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू