आइतबार, वैशाख २३, २०८१
00:00 | ०४:४५

वरिष्ठ लोकदोहोरी गायिका सरुलाई मानार्थ विद्यावारिधि

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२४


लन्डन । वरिष्ठ लोकदोहोरी गायिका, महिला उद्यमी तथा समाजसेवी धनकुमारी थापा (सरु) भारतको एक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिले विभूषित भएकी छन् ।

भारत भर्चुअल युनिभर्सिटी फर पिस एण्ड एजुकेसनले गत जनवरी २७ का दिन बैंगलोर शहरमा आयोजित दीक्षान्त समारोहमा उक्त उपाधि प्रदान गरेको हो। 

विगत अढाई दशक देखि गायन, सामाजिक सेवा र उद्यमशीलताका क्षेत्रमा पुरयाएको विशेष योगदानको कदर गर्दै उनलाई सो उपाधि प्रदान गरिएको प्रमाण पत्रमा उल्लेख छ। 

मानार्थ विद्यावारिधि उपाधि ग्रहणपछि लण्डन आएकी सरुले यो गर्वको विषय र यसले आफूमा थप जिम्मेवारीबोध महशुस भएको जनाइन् ।

लण्डन भ्रमणका क्रममा समेत उनी सम्मानित भएकी थिइन् ।


सांगीतिक कार्यक्रमका सिलसिलामा विश्वका कयौं देशको भ्रमण गरेकी उनले नेपाली जहां रहेपनि आफ्नो कला, संस्कृति र भाषा भुल्न नहुनेमा जोड दिइन् ।   

नेपाली कांग्रेस, बाग्मती प्रदेश कमिटीको कार्यकारी सदस्य सरु उक्त कमिटी अन्तर्गत साहित्य, कला र संस्कृति विभागको संयोजक छन् । रोटरी इन्टरनेशनल र विश्व हिन्दू महासंघकी सदस्य समेत छन् उनी । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू