मंगलबार, वैशाख २५, २०८१
04:35 | ०९:२०

इन्द्रेणी सञ्चालक कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्धा दर्ता

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४


काठमाडौँ- इन्द्रेणी कार्यक्रम सञ्चालक तथा लोकदोहोरी गायक कृष्ण कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।

यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले कँडेलविरुद्ध आइतबार मुद्दा दायर गरेको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए। उनका अनुसार कँडेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको माग गरिएको छ।

यो दफामा यौन दुर्व्यवहारलाई कसूर उल्लेख गरिएको छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

पीडित महिलाले हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू